शीर्षकहरू

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेड को लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

त्यसअनुसार आजसम्म कायम सेयरधनीहरूले मात्र साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न पाउनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांशसहित कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश फागुन १७ गते बस्ने वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ। सभामा २० प्रतिशत बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पेश गरिने जनाइएको छ।