काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको जनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी ५० लाख ९८ हजार ४० कित्ता सेयर बराबर रहेको छ।
हकप्रद निष्काशनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।
क्यापिटलका अनुसार यसअघि सामूहिक लगानी कोष र डिबेञ्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ। उक्त सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पूँजी संकलन गरिदिएको जनाएको छ।
आर्थिकन्यूज