शीर्षकहरू

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना : ७ जनाको मृत्यु

झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना : ७ जनाको मृत्यु

एजेन्सी ।  झारखण्डको चतरा जिल्लाको समरिया जंगलमा एक चार्टर्ड एयर एम्बुलेन्स विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ७ जनाको मृत्यु भएको छ।  बीचक्राफ्ट किंग एयर  B90L विमान सोमबार साँझ ७:११ बजे राँचीबाट दिल्लीका लागि उडेको थियो।  ७:३४ बजे विमानसँगको सम्पर्क विच्छेद भएको थियो।  केही समयपछि विमान चतरा जिल्लाको समरिया जंगलमा क्र्यास भई आगलागी भएको थियो।  

क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सबराजदीप सिंह को-पाइलट, सञ्जय कुमार (मरीज), अर्चना देवी, धुरु कुमार, विकास कुमार गुप्ता (डाक्टर), सचिन कुमार मिश्र (प्यारामेडिकल स्टाफको मुत्यु भएको छ ।  

राँचीस्थित देवकमल अस्पतालका CEO अनन्त सिन्हाका अनुसार, ४१ वर्षीय संजय कुमारलाई १६ फेब्रुअरीमा ६५ प्रतिशत जलन भएको अवस्थामा अस्पताल ल्याइएको थियो।  परिवारले उनलाई बेहतर उपचारका लागि दिल्ली लैजाने निर्णय गरेका थिए।