शीर्षकहरू

मतदाताको साथ र आशिर्वाद अर्याललाई, शर्त : देश बदल्नुहोस्

मतदाताको साथ र आशिर्वाद अर्याललाई, शर्त : देश बदल्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरूको दौडधुप पनि तीव्र छ । काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल घरदैलोमा व्यस्त थिए।

सोमबार बिहान ७ बजेतिर बल्खुमा कार्यकर्ता भेला भइसकेका थिए । स्थानीय समर्थकहरू पनि कुमारी क्लब अगाडि जम्मा थिए, हातमा निलो रास्वपा झण्डा, घण्टी चिन्ह प्रष्ट देखिन्थ्यो । कसैले डीपी अर्यालको फोटो भएको पोस्टर बोकेका थिए।

स्पीकरमा गीत बज्दै थियो—“डीपी... डीपी अर्याल, ९ नम्बरको नयाँ मुहार!” नारा लगाउँदै कार्यकर्ताको टोली भित्री गल्लीमा छिर्यो।

“क्षेत्र नम्बर ९ के भन्छ ? ... डीपी अर्याल ल्याउन भन्छ !”

“गाउँ–बेसि, शहर... घण्टीकै लहर !”

“सबैलाई हेर्यो पटक–पटक... घण्टीलाई हेरौ एक पटक !”

अर्याल प्रत्येक घरमा प्रवेश गर्दै मतदातासँग हात मिलाउँदै, अभिवादन गर्दै भोट माग्दै थिए। घरका मानिसहरू पनि प्रतिक्रिया दिन बाहिर निस्किए, कोही गेटमा आएर अबिर, फूल र खादा लगाइदिए । कोही कौशीबाट घण्टी बजाउँदै उत्साह देखाइरहेका थिए।

बाटोमा स्कुटर, बाइक र सवारी साधनमा यात्रा गर्नेहरू पनि रोकिएनन्। नारा लगाउँदै, हात मिलाउँदै, फोटो खिचाउँदै उनीहरू समर्थन प्रकट गरिरहेका थिए।

घण्टीको मौन लहर

घरदैलो गर्दै डीपी आर्यल कार्यकर्ता र समर्थकसहित अघि बढे। हामी कुमारी क्बलको चिया पसलभित्र छि¥र्यो, बिहानको चहलपहल अझै बाँकी थियो। रयाकमा राखिएको मोबाइल मन्द स्वरमा भजन बजिरहेको थियो, टेबलमा तात्तातो गिलास सजिदै थिए। हामीले चियाको अर्डर ग¥यौ र भर्खरैको घरदैलोको चर्चा सुरु ग¥र्यो।

हाम्रो कुरा सुन्दै गरेकी चिया पसलकी साहुनी एकाएक मुस्कुराइन्।

हामीले सोध्यौ, “तपाईं यहीको मतदाता हो ? ”

“हो नि,” उनले चियाको गिलास अगाडि सार्दै उत्तर दिइन्।

“अनि के छ यहाँको माहोल ?”

उनी अलि नजिक सर्दै बोलिन, “यसपाली त यहाँ घण्टीकै माहोल छ । सबै जना भन्छन्, एक पटक नयाँलाई मौका दिएर हेर्नुपर्छ ।”

तपाईले पनि सायद यस्तै कुरा सुन्नुभएको होला. ‘यो पटक फरक गरौ भन्ने छ ।’

उनले थपिन्, “हुन त अर्को पार्टीको उम्मेदवारको घर यही छ । छरछिमेक भएपछि साथ, सहयोग त दिनै पर्छ । तर भित्रभित्र सबैको सल्लाह घण्टीलाई दिने भन्ने छ । मुखले नभने पनि मनले धेरैजना घण्टीकै पक्षमा छन् ।”

त्यो भनाइमा गोप्य उत्साह थियो, जस्तो कुनै परिवर्तन चुपचाप तयार हुँदैछ।

हामीले फेरि सोध्यौ, “अरू उम्मेदवारहरू आए ?”

“आएर गइसके,” उनले भनिन् । “तर म त राष्ट्रिय स्वतन्त्र पार्टी कहिले आउँछ भनेर पर्खिरहेको थिए। कसलाई भनेर हाम्रो नेतासम्म खबर पु¥याउने होला भनेर चिन्ता लागिरहेको थियो। आज आउनुभयो, म धेरै खुसी छु।”

उनको आँखामा सामान्य मतदाताको चमक थियो, न ठूलो भाषण, न जटिल विश्लेषण । केवल सरल अपेक्षा, भेट होस्, सुन्ने कान होस्, र विश्वास नटुटोस्।

काठमाडौं–९ का गल्लीहरूमा आजकल यस्तै फुसफुसाहट सुनिन्छ। खुला रूपमा नबोलिएको समर्थन, तर मनभित्र बढिरहेको भरोसा।

हाम्रो नेता खोई ?

काठमाडौं महानगरपालिका–१४, शिवनगरमा घरदैलो कार्यक्रम चलिरहँदा हतार–हतार गेट खोल्दै एक महिला बाहिर निस्किइन् । सास फेर्नसमेत भ्याइनन् । आँखा बाटोमै अडिएका थिए।

“खोई हाम्रो नेता ?”

अगाडि बढिसकेको भीडतर्फ औंला देखाउँदै एक कार्यकर्ताले भने, “अगाडि गइसक्नुभयो ।”

उनको अनुहारमा हल्का निराशा झल्कियो।

“म त दौडिँदै आएको, घरको भ¥याङ झर्दाझर्दै ढिला भएछ । आफ्नै क्षेत्रको उम्मेदवारलाई एक पटक प्रत्यक्ष भेटौ भनेर पर्खेर बसेकी थिए। माइकको आवाज सुन्नेबित्तिकै निस्के, भेट्नै पाइएन । मलाई भेटाइदिनु न ।”

त्यो आवाज केवल भेट्ने आग्रह थिएन, त्यो भरोसाको खोजी थियो। वर्षौदेखि राजनीतिसँग जोडिएका आशा र निराशाबीच उभिएको एक साधारण नागरिकको अपेक्षा थियो त्यो।

५५ वर्षीया अनुराधा श्रेष्ठले बाचा पत्र मागिन्। कार्यकर्ताले कागज थमाइदियो । उनका आँखा पहिलो पृष्ठमा रहेका तीन अनुहारमा अडिए, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति तथा काठमाडौं ९ का उम्मेदवार डीपी अर्याल। 

फोटो हेर्दै उनले भनिन्,

“हामीलाई यस्तै नेता चाहिएको हो । यी तीन जना भए देशमा परिवर्तन पक्कै हुन्छ ।”

उनको आग्रह सुनेपछि डीपी अर्याल भीडबाट फर्किए। समर्थकहरू छोडेर उनी श्रेष्ठलाई भेट्न आइपुगे।

अनुराधाले अभिवादन फर्काउँदै अग्रिम शुभकामना दिइन्। तर कुनै व्यक्तिगत माग राखिनन् । बरु भनिन्, “अहिले नै यो गरौं, त्यो गरौ भन्ने बेला होइन । अहिले हामी नै जिम्मेवार हुनुपर्ने बेला हो । सही उम्मेदवार छान्न विवेक पु¥याउनुपर्छ । पहिला हामीले नै हौसला दिएर जिताउनुपर्छ । बाँकी कुरा जितेपछि भनौला ।”

उनले थपिन्, “निर्वाचनको बेला धेरै कुरा फैलाइन्छ । आलोचना पनि सुन्नुपर्छ, सुन्नुहोला । हामी तपाईको साथमा छौं ।”

शिवनगरमा देखिएको यो दृश्य केवल चुनावी नारा थिएन, भावनाको अभिव्यक्ति थियो । भेट्न दौडिएकी अनुराधाको आँखामा केवल उम्मेदवारप्रतिको उत्साह थिएन, त्यहाँ परिवर्तनप्रतिको भरोसा थियो।

भरोसाले दिएको बल

बल्खुको कुमारी क्लब क्षेत्रमा डीपी अर्याल प्रवेश गरेपछि, निलो गेटबाट ८० वर्षीया बद्री प्रसाद लुईटेल र श्रीमती समिरा लुइटेल निस्किए । अर्याललाई देख्दा बद्री प्रसादको अनुहारमा खुशी झल्कियो । उनले अगाडि आए, हल्का अंगाले र धाप लगाउँदै भने, 

“जितेर देखाउनु हाम्रो शुभकामना छ ।”

उनीहरूले पार्टीको प्रति चासो देखाउँदै सल्लाह पनि दिए । बद्रीले भने, “अहिले रास्वपालाई आक्षेप लगाउने प्रयास भइरहेको छ । केहीले द्धन्द्ध निम्त्याउने गतिविधि रास्वपाले गरेको भनी आरोप लगाएका छन् । हामीलाई थाहा छ, यस्तो हर्कत रास्वपाका कार्यकर्ताले गर्दैनन्, गर्न पनि हुँदैन । तर यस्तो आरोप संस्थागत रूपमा खण्डन गर्नुपर्छ । प्रेस विज्ञप्ति निकाल्नु है । व्यक्तिगत जवाफ आवश्यक छैन ।”

अर्यालले शिर हल्लाउँदै जनताको विश्वासमा आँच नआउने प्रतिवद्धता व्यक्त गरे।

थोरै अघि बढ्दा, गेट बाहिर ८२ वर्षीया चन्द्रमणी पाठक भेटिए । उनले हात अघि बढाउँदै अर्यालको अभिवादन फर्काए र उत्साहित स्वरमा भने, “राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रको एक नम्बर पार्टी बन्छ । सक्ने काम गर्नु है, नसक्ने कामको बाचा नगर्नु । योजना बनाउँदा स्रोत सुनिश्चित गर्नु है ।”

अर्यालले शिर हल्लाउँदै सुझाव ग्रहण गरे।

लुईटेल दम्पती र पाठकसँगको भेटपछि अर्याल अलि भावुक देखिए। उनी निस्तब्ध भए, आँखा भरिए, तर अनुहारमा चमक थियो। मतदाताले देखाएको भरोसा र चासोले उनलाई प्रेरित र आत्मविश्वासी बनाएको स्पष्ट देखिन्थ्यो। 

घण्टीमा भरोसा, अर्यालमा विश्वास

कुमारी क्लबको गल्लीमा प्रवेश गर्ने वित्तिकै पहिलो मोडमा भेटिइन् कल्पना शर्मा । हातमा मोबाइल समातेर घरबाहिर निस्किएकी शर्मा उत्साहित थिइन् । तर, अर्याललाई नदेखेपछि निराश हुँदै उनले भनिन्, “डीपी अर्यालसँग फोटो खिच्ने भनेको, गै सक्नु भएछ । मलाई उहाँसँगै एउटा फोटो खिचाउनु थियो ।” 

अर्याल अगाडि बढिसकेका थिए । तर १५ मिनेटमै, एरिया घुम्दै, उनी कल्पनाको घर नजिक आइपुगे । यस पटक भने कल्पनाले अर्यालसँग फोटो खिचाईन् । उनको अनुहारमा हर्ष र भरोसा स्पष्ट थियो।

फोटो खिचेपछि उनले भनिन्,  “यसपाली हामी सबै घण्टी नै । अब देशमा परिवर्तन ल्याउनु पर्छ । परिवर्तनका लागि हाम्रो क्षेत्रमा तपाई नै आउनु पर्छ । हाम्रो सहयोग छ।”

त्यो शब्द केवल भनाई मात्रै थिएन । अर्यालसँग प्रत्यक्ष भेटको विश्वास र अपेक्षा थियो ।

त्यही गल्लीमा अगाडि बढ्दा भेटिए ७१ वर्षीया दिनेश कुमार रोक्का। उनले आँखा चम्काउँदै मुस्कुराए, अर्यालसँग हात मिलाउदै उनले भने “चिन्ता गर्नु पर्दैन । घण्टी बजाएर नै बिहानको पूजा गरिन्छ । अनि भोट घण्टीलाई नदिएर हुन्छ त ?  घण्टी केवल आजको होइन, भोलि भोलिको गाँस पनि हो ।”

बाटोमै भेटिएका ६३ वर्षीय शिवराम नेपालले थपे, “घण्टी छाप परिवर्तनको वाहक हो । देश बदल्नु छ भने घण्टी चाहिन्छ । अरु विकल्प छैन । चोर नेतालाई सफा गर्नुपर्छ । हाम्रो साथ छ, सहयोग छ । जितेपछि हामीलाई नबिर्सनु होला।”

७२ वर्षीय कृष्ण नन्द सापकोटाले ठुलो स्वरमा भने, “जितेपछि सबैभन्दा पहिला टिके न्यायधिश जतिलाई हटाउनु पर्छ । न्यायलय सफा नभएपछि जनताले न्याय पाउँदैन । यसपटकको भोट घण्टीमै छ।” 

“उनको आवाजमा आक्रोश थियो, केवल शब्द मात्र होइन, वर्तमान सरकारको कार्यप्रणालीप्रति लामो समयको असन्तोष र निराशाको प्रतिबिम्ब।”

अर्यालले सबैसँग हाँस्दै नमस्ते गरे, शिर हल्लाए, र प्रत्येक सुझाव ध्यानपूर्वक सुने । मतदाताको आँखामा भरोसा र मायाको झल्को देखिन्थ्यो ।

nullnullnull
nullnullnull