शीर्षकहरू

चीनद्वारा जहाज निर्माण कम्पनी सहित २० वटा जापानी संस्थालाई निर्यात नियन्त्रण सूचीमा सुचीकृत

चीनद्वारा जहाज निर्माण कम्पनी सहित २० वटा जापानी संस्थालाई निर्यात नियन्त्रण सूचीमा सुचीकृत

बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले मङ्गलबार राष्ट्रिय सुरक्षा मझभुत गराइ गैर–प्रसार लगायतका अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न जहाज निर्माण कम्पनी सहित २० वटा जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण सूचीमा सुचीकृत गरेको छ ।

जापानको सैन्य क्षमता बढाउनमा संलग्न संस्थाहरूलाई दोहोरो प्रयोगका वस्तुहरू निर्यात गर्न निर्यात अपरेटरहरूलाई निषेध गरिएको छ । विदेशी सङ्गठनहरू र व्यक्तिहरूलाई चीनमा उत्पत्ति भएका दोहोरो प्रयोगका वस्तुहरू संस्थाहरूलाई हस्तान्तरण गर्नसमेत निषेध गरिएको जनाइएको छ । 

अन्तिम प्रयोगकर्ता र दोहोरो प्रयोगका वस्तुहरूको अन्तिम प्रयोग प्रमाणित गर्न नसेको भन्दै मङ्गलबार  मन्त्रालयले सुबारु कर्पोरेसन सहित २० वटा जापानी संस्थाहरूलाई निगरानी सूचीमा राखेको जनाएको छ ।

वाणिज्य मन्त्रालयको सूचीमा रहेका संस्थाहरूलाई दोहोरो प्रयोगका वस्तुहरूको निर्यातका लागि अन्तिम प्रयोगकर्ताहरू र अन्तिम प्रयोगहरूको कडा समीक्षा कार्यान्वयन गर्नेछ, भने  जापानी सैन्य अन्तिम प्रयोगकर्ताहरू, वा कुनै पनि अन्य अन्तिम प्रयोगकर्ताहरू र अन्तिम प्रयोग समावेश गर्ने कुनै पनि निर्यातलाई अनुमोदन गरिने छैन ।

मन्त्रालयले माथि उल्लिखित उपायहरू देशको निर्यात नियन्त्रण कानून र दोहोरो प्रयोगका वस्तुहरूका लागि निर्यात नियन्त्रण नियमन सहित सान्दर्भिक कानून र नियमहरू अनुसार लिइएको जनाएको छ ।

यसको उद्देश्य जापानको पुनः सैन्यीकरण र आणविक हतियारहरू राख्ने प्रयास रोक्नु भएको जनाउदै उपायहरू पूर्ण रूपमा उचित, र कानुनी भएको उल्लेख गरिएको छ ।

चीनको सूचीबद्ध कार्यले अल्पसङ्ख्यक जापानी संस्थाहरूलाई मात्र लक्षित गरी सान्दर्भिक उपायहरू दोहोरो प्रयोगका वस्तुहरूमा मात्र लागू हुने जनाइएको छ ।

यसले चीन र जापानबिचको आर्थिक र व्यापार आदानप्रदानलाई असर नपर्ने उल्लेख गर्दै नियम बमोजिम सञ्चालीत जापानी संस्थाहरूलाई निर्धक्क रहनसमेत आह्वान गरिएको छ ।