शीर्षकहरू

ओमेगा क्यापिटलले पायो घरजग्गा कारोबार लाइसेन्स, ५ करोडभन्दा माथिका ठूला डिलको अनुमति

ओमेगा क्यापिटलले पायो घरजग्गा कारोबार लाइसेन्स, ५ करोडभन्दा माथिका ठूला डिलको अनुमति

काठमाडौं।ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले नेपाल सरकारबाट घरजग्गा कारोबार गर्ने औपचारिक इजाजतपत्र प्राप्त गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा खरिद–बिक्रीका लागि अनुमति दिएको हो।

यस इजाजतपत्रसँगै कम्पनीले महानगरपालिका र उपमहानगरपालिकाका क्षेत्रहरूमा कानुनी रूपमा कारोबार गर्न पाउने भएको छ। कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा जति सानो रकम भए पनि घरजग्गा कारोबार गर्न सक्ने सुविधा पाएको छ।

ओमेगा क्यापिटलले सुरक्षित, पारदर्शी र जिम्मेवार घरजग्गा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा दिने योजना बनाएको छ।