शीर्षकहरू

पोखरामा हुने 'वाडा अटो शो-२०२६' को स्टल बुकिङ्ग खुल्ला

पोखरामा हुने 'वाडा अटो शो-२०२६' को स्टल बुकिङ्ग खुल्ला

काठमाडौं । पोखरामा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनले चैत्र ११ देखि १५ गते सम्मको पोखराको तालबाराही चोकमा उक्त शो आयोजना गर्न लागेको हो । 

जसका लागि एशोशिएसनले सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आव्हान गरेको छ ।  सो शोमा सहमागीता हुनका लागि स्टल बुकिङ पनि खुला भएको नाडाले जनाएको छ । फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको हो । 

पहिलो संस्करणको अपार सफलता पछि दोस्रो संस्करणको वाडा अटो शो हुन लागेको हो ।