शीर्षकहरू

तगातार बढ्दै नेप्से, कारोबार रकम पनि वृद्धि

नेप्से १० अंकले उकालो, कारोबार रकम ४ अर्ब ४५ करोड नाघ्यो

तगातार बढ्दै नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागेको बजारले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक, फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले बढेका छन्। १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूह घटेका छन्। जीवन बीमा उपसमूह सर्वाधिक १.७९ प्रतिशतले बढ्दा वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह सामान्य घटेका छन्।

कारोबार रकम पनि सामान्य वृद्धि भएको छ। मंगलबार ४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३३३ कम्पनीका ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था को शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्दा सुपरमाई हाइड्रोपावर को शेयर पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता हिमालयन पावर पार्टनर को शेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावर को करिब २५ करोड रुपैयाँ र एसवाई प्यानल नेपाल को २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

null