काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड फागुन १४ गते बिहीबार भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बाँडफाँड बिहान ९ बजे सम्पन्न हुनेछ।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २ सय ६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो। यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि आईपीओ वितरण गरिएको थियो।
कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण पूरा गरी २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ। साथै ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।
आर्थिकन्यूज