पोखरा । नेपालकै बीमा उद्योगमा पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grandeमा सम्पन्न उक्त कार्यक्रम करिब ४० मिनेटसम्म चलेको थियो।
सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए । प्यानलिस्टमा ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा लक्ष्मी लामिछाने सहभागी थिए। छलफलका मुख्य विषयहरूमा Success, Career Development, Recruitment, Policy Persistence समावेश थिए।
टुक बहादुर रानाले बीमा व्यवसायमा बढ्दो Lapse Policy चुनौती भएको उल्लेख गर्दै बिक्रीभन्दा बढी Policy Persistence मा ध्यान दिनुपर्ने धारणा राखे । ईश्वरी प्रसाद बरालले २१ वर्षको अनुभव साझा गर्दै बीमा केवल पेशा नभई सामाजिक जिम्मेवारी पनि हो भन्ने सन्देश दिएका थिए ।
लक्ष्मी लामिछानेले महिलाको संवेदनशीलता र जिम्मेवारीपनले बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन सक्ने दृष्टिकोण राखे । सुरेश बाबु शर्माले अभिकर्ता केवल Sales Person नभई Financial Educator, Risk Advisor र Family Protector बन्नुपर्ने आवश्यकता रहेको बताए । राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा अभिकर्ता Professional Financial Consultant का रूपमा रूपान्तरण हुनुपर्ने आवश्यकता हेको बताए।
कार्यक्रम अत्यन्त प्रेरणादायी, सहभागीमुखी र प्रभावकारी बनेको आयोजकहरूले बताएका छन्। छलफलले बीमा व्यवसायसँग सम्बन्धित चुनौती, सुधारका सम्भावना र दीर्घकालीन रणनीतिबारे गहिरो संवादको वातावरण सिर्जना गरेको थियो।
आर्थिकन्यूज