शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एपोलो हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एपोलो हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एपोलो हाइड्रोपावर लिमिटेडले खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले फागुन ११ गतेदेखि विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन सी–आस्वा प्रणालीमार्फत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाटको बुकु खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा लगानी फिर्ता अवधि १६.४३ वर्ष अनुमान गरिएको छ।

आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।