काठमाडौँ।आईसीएफसी फाइनान्स लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि ५० करोड रुपैयाँबराबरको ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ सार्वजनिक निष्कासनमा ल्याएको हो।
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र जारी गरेको छ। जसमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइएको छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सात वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। इच्छुक लगानीकर्ताले सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड बाट माघ २१ गते अनुमति प्राप्त गरेको थियो।
आर्थिकन्यूज