शीर्षकहरू

रिज लाइन इनर्जीको आईपीओको बाँडफाँड

रिज लाइन इनर्जीको आईपीओको बाँडफाँड

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेकाे हाे । 

जसमा १ लाख १८ हजार २६ जनाले आईपीओ पाएका छन् । कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २ सय ६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो। 

कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण पूरा गरी २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ। साथै ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।