शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड आज ४१ औं वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार संस्था र कर्मचारी वर्गको विश्वास र समर्थनमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गरेको छ।

बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकको सफलतामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सिइओ ज्योति प्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्र पार्दै ग्राहक अनुभवलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशा बैंकले अगाडि बढाइरहेको जानकारी दिए।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगत ८ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रकथा पुस्तकहरु प्रकाशित गर्दै आएको छ। यस ४१ औं वर्षको अवसरमा आठौं संस्करण “३ आर सुन्दर संसार” प्रकाशित गरिएको छ, जसले वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल र रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ, जसमा कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।

बैंकले “समृद्धिको पथमा सँगै अघि बढ्दै” भन्ने नारा लिएर ग्राहक सुविधा, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै जाने योजना बनाएको छ।

हाल बैंकले २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।