शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य समायोजन

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन १५ गते, शुक्रबार युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन गरिएको छ। कम्पनीले फागुन १७ गते हकप्रद शेयर निष्काशन प्रयोजनार्थ एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।  

नेप्सेले कम्पनीको प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो।  समायोजनपछि शेयर मूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ।  अघिल्लो कारोबार दिन बिहीबार दोस्रो बजारमा अन्तिम मूल्य ४६४ रुपैयाँ ८० पैसा थियो।  

यस समायोजित मूल्यका आधारमा आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ।  कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ छ। यस पूँजीको १० प्रतिशत बराबर २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ।  

हकप्रद शेयरको अंकित दर १०० रुपैयाँ रहनेछ।  २०८१ असार ३० गते सम्पन्न कम्पनीको ३१ औँ वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।