काठमाडौ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्काशन गर्न लागेको छ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि जारी गर्न लागेको हो।
कम्पनीले १ अर्ब ४ करोड रुपैयाँको जारी पूँजीबाट २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ। यसमा, १० करोड ४० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
सोलुखुम्बु जिल्लामा आधारित शेयर वितरण यसरी हुनेछ:
सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दा बीच ५ लाख २० हजार कित्ता शेयर बाँडफाँट हुनेछ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दा बीच ३ लाख १२ हजार कित्ता शेयर बाँडिनेछ।
सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रमा २ लाख ८ हजार कित्ता शेयर वितरण हुनेछ।
त्यसैगरी, विदेशमा रोजगारी गर्दै आएका नेपालीहरूको लागि १० प्रतिशत शेयर, अर्थात् १ करोड ५ लाख रुपैयाँ बराबरको १ हजार ४ हजार कित्ता शेयर उपलब्ध गराइनेछ। यी शेयरहरू नेपाल सरकारको स्वीकृत श्रम निकायबाट अनुमति प्राप्त बैंक र वित्तीय संस्थाहरू मार्फत आवंटन गरिनेछन्।
आईपीओमा आवेदन दिनको लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन प्रक्रिया चैत १५ गतेसम्म सकिनेछ, जबकि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि चैत ५ देखि १५ गतेसम्म आवेदन गर्न सकिने छ।
कम्पनीको आईपीओ रेटिङ्ग इक्रा नेपालले "इक्राएनपी" (Issuer Rating) डबल बी प्लस (BB+) दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्नको क्षमता औसत जोखिम भएको संकेत गर्दछ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत परियोजना सञ्चालन गर्दैछ। यस परियोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ, र यसको विद्युत अनुमतिपत्र २४ वर्ष बाँकी रहेको छ। यस आयोजनाले साधारण लगानी फिर्ता गर्न ५.७८ वर्ष र डिस्काउण्टमा ८.१५ वर्षको समयावधि लाग्ने अनुमान गरिएको छ।
आईपीओ बिक्री प्रबन्धकको रूपमा एनएमबि लिमिटेड कार्यरत छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले इच्छाअनुसार विभिन्न शाखा कार्यालयहरू, बैंकहरू र "मेरो शेयर" अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आर्थिकन्यूज