शीर्षकहरू

पक्की पुल निर्माणले गाँउ बस्तीलाई प्रत्यक्ष सुविधा

पक्की पुल निर्माणले गाँउ बस्तीलाई प्रत्यक्ष सुविधा

सिन्धुली। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रमिण बस्तीका सर्बसाधरणहरुलाई लक्ष्यित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ ।

स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा डबल लेनको पुल निर्माण भएपछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउ“पालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ ।

विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो ।

जिर्घा खोलामा ५० मिटरका ेसिंगल स्पानयुक्त पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रुपमा टेवा पुग्ने देखिएको छ ।

पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुदै तीनपाटन,गोलन्जोर र फिक्कल गाउ“पालिकाका विभिन्न वडाका स्थानीयहरुलाई समेत सदरमुकाम सिन्धुलीमाडी सम्म आवात जावत गर्न सुविधा हुने देखिएको छ ।

पुल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मकालागि तोकिएको स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजिवकुमार साहले बताए ।

सो पक्की पुलको सम्पुर्ण निर्माण कार्य तोकिएको  म्याद भन्दा अगावै छिटो सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन कन्ट्रक्सन कम्पनिका प्रवन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले बताए ।

सडक पुलको निर्माण कार्य तिब्र रुपमा संचालन गरेको बताउदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे,फलाटे लगाएत सो क्षेत्रका  स्थानीय डेढलाल श्रेष्ठ र नारायण आलेले बताए । 

null