शीर्षकहरू

मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

दमक । चुनाव नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन् ।

यसै क्रममा शुक्रबार उनी गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसासम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गरेका थिए ।

उनी गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गरे । उम्मेद्वारहरुको यस प्रकारको टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ताहरू पनि उत्साहित देखिएका छन् ।

चुनाव नजिकिँदै जाँदा ओली यतिबेला आफ्नै गृहजिल्ला झापा जिल्लाको क्षेत्र नं. ५ मा सक्रिय छन् । ठुला सभाहरु भन्दा उनी गाउँ–टोल केन्द्रित चुनावी भेटघाटलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् ।

क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर उनले स्थानीय बासिन्दासँग संवाद गर्दै आएका छन् । घरदैलो कार्यक्रममार्फत अध्यक्ष ओलीले मतदाताहरुसँग भेटघाट गर्दै उनीहरूको गुनासा र सुझावसमेत लिई रहेका छन् ।