काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन अध्यक्ष र सञ्चालकहरूलाई स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले शुक्रबार सूचना प्रकाशित गर्दै बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओम प्रकाश मिश्र तथा सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
सूचनाअनुसार, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ती पदाधिकारीहरूलाई सञ्चालक पदबाट किन बर्खास्त नगर्ने भन्ने विषयमा १५ दिनभित्र सफाइ पेश गर्न यसअघि पत्राचार गरिएको थियो । तर तोकिएको अवधिमा कुनै जवाफ नआएकाले पुनः सूचना प्रकाशित गरिएको जनाइएको छ।

आर्थिकन्यूज