काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन यसपालि निकै चासोका साथ हेरिएको छ। विशेषगरी नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा बहस र विश्लेषण तीव्र बनेको छ।
विगतमा तिलोत्तमा नगरपालिकाको नेतृत्व सम्हालेका उनी विकास, पूर्वाधार र व्यवस्थापनका मुद्दामा चर्चामा रहे पनि यसपटकको निर्वाचनमा उनको राजनीतिक यात्रा सहज नहुने आकलन विभिन्न तहबाट हुन थालेको छ। स्थानीय तहदेखि संघीय निर्वाचनसम्मको उनको भूमिकालाई मतदाताले कसरी मूल्यांकन गर्ने भन्ने विषय अहिले बहसको केन्द्रमा छ।
घिमिरेको राजनीतिक छवि एकातिर विकासमुखी नेताका रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतर्फ पार्टीभित्रको असन्तुष्टि, टिकट वितरणको विवाद, क्षेत्र परिवर्तन, तथा मतदातासँगको दूरी जस्ता विषयले उनलाई चुनौती थपेको देखिन्छ। विशेषगरी युवा पुस्ता, स्वतन्त्र मतदाता र पार्टीका असन्तुष्ट समूहहरूको मनोविज्ञान यस निर्वाचनमा निर्णायक बन्न सक्ने आँकलन गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा मतदाताको धारणा, दलगत समीकरण र स्थानीय सन्दर्भले उनको जित–हारमा प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।
राजनीतिमा निरन्तरता, विश्वास र जनसम्पर्क महत्वपूर्ण आधार मानिन्छ। तर विगतका केही निर्णय, पार्टीभित्रको उतारचढाव र उम्मेदवारको रणनीतिलाई लिएर उठेका प्रश्नहरूले घिमिरेलाई रक्षात्मक बनाएको देखिन्छ। विशेषगरी क्षेत्र परिवर्तन, टिकट प्राप्तिका लागि गरिएको प्रयास, र स्थानीय मुद्दाप्रति उनको प्रतिबद्धताबारे मतदाताले गम्भीर समीक्षा गरिरहेका छन्। यस सन्दर्भमा विभिन्न कारणहरूले उनलाई पराजयतर्फ धकेल्न सक्ने तर्कहरू सार्वजनिक भइरहेका छन्।
यिनै आधारमा वासुदेव घिमिरे प्रतिनिधि सभा निर्वाचनमा पराजित हुने विश्लेषण प्रस्तुत गरिएको छ ?
१. एमाले पार्टीका पुराना कार्यकर्ताले राप्रपालाई सहयोग गर्नु।
२.टिकट बाँड्ने समय नजिकिँदै गर्दा एमालेबाट खुट्टो उचाली रास्वपामा प्रवेश गर्न चाहनु।
३. पालिकाको मेयर हुँदा सिद्धार्थ राजमार्गलाई चिटिक्क रूपमा सिँगारेर कागज र सूचक आधारमा उत्कृष्ट नगरपालिका बनाए पनि भित्री अवस्था जनताको पीडा सुनवाई नहुनु।
४. ७९ सालमा एमालेबाट खुट्टा उचालेपछि क्षेत्र नम्बर ५ बाट टिकट पाए । निर्वाचन लडेर विकासको काम केही नगर्ने र उक्त क्षेत्रमा हारिने डर पछि क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु ।
५. सत्ताको लालची हुनु । जसरी पनि आफूले टिकट पाउनुपर्ने अरुले जे गरे पनि कुनै वास्ता नगर्ने ।
६. उम्मेदवार दलका सीमित व्यक्तिको घेराभित्र हुनु।
७.रुपन्देही क्षेत्र नम्बर ३ मा मतदाता नामावली नै नभएका व्यक्तिको सल्लाह सुझाव अनुसार चल्नु।
८. जेन्जी पुस्ताको भावना बुझ्न नसक्नु र जेन्जी पुस्ताबाट तिरस्कृत हुनु।
९. आफूले आफैंलाई मतदान गर्न नपाउनु । जसको कारण उनलाई टुरिस्ट उम्मेदवार भनिने गरिएको छ।
१०. शीर्ष नेताप्रति आम नागरिक असन्तुष्ट हुनु । जसको कारण उनी असफल हुनेछन् ।
११. करोडौँ खर्च गरेर भ्यु टावर बनाए र अलपत्र पारे जसले राज्यको सम्पत्ति दुरुपयोग भएको छ । उनको निजी स्वार्थमा बनेको टावर अहिले सम्म प्रयोगमा आएको छैन ।
घिमिरेले पालिकामा छँदा आफू अनुकूलका कामहरू गर्दै गए, भवन संरचनाहरु बनाउँदै गए, तर कार्यविधि नै नबनाइकन दीर्घकालीन सोचबिना बनाइएका कामका कारण यतिबेला तिलोत्तमामा करोडौं खर्च गरिएका भवनहरु समेत प्रयोगविहीन अवस्थामा रहेका छन् । पार्टीबाट बारम्बार खुट्टा उचालिरहने र सत्ताका मोही रहेका घिमिरे रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचन लडेपनि उनले विगतमा गरेका कामलाई स्थानीयले निकै नियालेर हेरिरहेका छन्। जसका कारण उनको हार निश्चित छ।
आर्थिकन्यूज