शीर्षकहरू

यूएईस्थित नेपाली दूतावासको आग्रह : अनावश्यक यात्रा नगर्नुहोस्

यूएईस्थित नेपाली दूतावासको आग्रह : अनावश्यक यात्रा नगर्नुहोस्

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  

यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। सम्भावित जोखिमबाट बच्न अनावश्यक आवागमन कम गर्ने, भीडभाडयुक्त स्थानबाट टाढा रहने, र आधिकारिक स्रोतबाट आएका सूचना मात्र विश्वास गर्ने सुझाव पनि अनुरोध गरेको छ।

अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना [email protected] सार्वजनिक गरिएको छ । त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ ।

 

null