शीर्षकहरू

कतारमा हवाई उडान स्थगित

कतारमा हवाई उडान स्थगित

काठमाडौं । कतारमा हुने हवाई उडान आजका लागि स्थगित गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि नेपालबाट हुने उडान पनि रोकिएको हो।

भुलले भने, “त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ। युएई, कुवेत लगायतका अन्य देशबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकाले हामी खबर पर्खिरहेका छौँ। दोहा भने बन्द नै भएको छ।”