काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन् ।
शनिबार काठमाडौमा भेला भएका उनीहरुले काठमाडौं क्षेत्र नम्बर तीनमा बसोबास गर्ने दुई जिल्लाका मतदाताले सामूहिक अभियान चलाउने पनि प्रतिवद्धता जनाएका छन् । विहान भेला भएका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय मतदाताबीच अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ । सो अवसरमा घिसिङसँग भेटघाट तथा निर्वाचन सम्बन्धमा छलफल गरिएको थियो ।
आर्थिकन्यूज