काठमाडौं। नेपाल आयल निगमले बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको खरिद दर बढेर आएको हो।
नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.०९ रुपैयाँ, डिजेलमा २.४७ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले खरिद मूल्य वृद्धि भए पनि उपभोक्तामाथि थप भार नपर्ने गरी हाललाई खुद्रा मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।
आर्थिकन्यूज