शीर्षकहरू

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आइतबार बाँडफाँड भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । 

जहाँ १ लाख २८ हजार ६५० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको शेयरमा २५ लाख ८० हजार ४७० योग्य आवेदकले २ अर्ब ७७ करोड ३ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।