काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।
आर्थिकन्यूज