शीर्षकहरू

टेलिकमको ग्रुप एसएमएस सेवा: एकैपटक हजारौँमा सन्देश पठाउन सकिने

टेलिकमको ग्रुप एसएमएस सेवा: एकैपटक हजारौँमा सन्देश पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकका लागि ग्रुप एसएमएस सेवा सुरु गरेको छ। यस सेवाको माध्यमबाट प्रयोगकर्ताले एकैपटक २ हजार, ५ हजार वा १० हजार व्यक्तिलाई सन्देश पठाउन सक्नेछन्।

सेवाका अनुसार, २ हजार सन्देशको प्याकेज रु. १,२४३, ५ हजारको रु. ३,१०८ र १० हजार सन्देशको प्याकेज रु. ६,२१५ मा उपलब्ध छ। सेवा प्रयोग गर्नको लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड अनिवार्य छ भने प्रेषित सन्देशको शब्द, भाव र जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाले स्वयं लिनुपर्नेछ।

ग्रुप एसएमएस पठाउन मोबाइल, डेस्कटप वा ल्यापटपबाट लगइन गरी एक्सेल शिटमार्फत नम्बरहरू अपलोड गर्न सकिन्छ। यसरी एकैपटक धेरै जनालाई सन्देश पठाउन सकिने भएकाले कम्पनी, संस्था वा व्यक्तिगत प्रयोगकर्ताका लागि सूचना आदान–प्रदान छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, यो सेवा प्रयोगकर्ताका लागि सहज र भरपर्दो सुविधा सावित हुनेछ।