शीर्षकहरू

काठमाडौं–३ मा कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको स्थानीय समर्थन

काठमाडौं–३ मा कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको स्थानीय समर्थन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा नयाँ राजनीतिक समिकरण देखिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी को गोकर्णेश्वर नगर कार्यसमितिले उज्यालो नेपाल पार्टी का उम्मेदवार कुलमान घिसिङ लाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ।

नगर कार्यसमितिले घिसिङको उम्मेदवारीलाई आर्थिक समृद्धि, सुशासन र विकासको एजेन्डासँग जोड्दै आफ्नो संगठनात्मक समर्थन घोषणा गरेको हो। उक्त निर्णयसँगै पार्टीले आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई चुनावी अभियानमा सक्रिय हुन र ‘बल्ब’ चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेको जनाएको छ।

समर्थनसम्बन्धी निर्णय नगर समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। यस कदमलाई काठमाडौं–३ मा उम्मेदवारबीचको प्रतिस्पर्धालाई प्रभाव पार्न सक्ने राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।