बुटवल । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसलाई समर्थन गर्ने भएको छ । राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति मार्फत कांग्रेसका उम्मेदवारलाई मत दिने कार्यकर्तालाई आह्वान गरेका हुन् ।
'आफ्नो उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा कांग्रेससँग एजेन्डानजिक भएको भन्दै राप्रपाले रुपन्देही-२ मा चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय भएको छ ।’विज्ञप्तीमा भनिएको छ । २०७९ को निर्वाचन राप्रपाले यो क्षेत्रमा समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो । यस क्षेत्रमा कांग्रेसबाट पौडेल, एमालेबाट विष्णु पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट सुभाष पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।
राप्रपाले कांग्रेसलाई समर्थन गरेसँगै आगामी चुनावमा चुन्नु प्रसादको जित्ने सम्भावना झनै बढेको छ । यस क्षेत्रका मतदाताले पनि समाजसेवी समेत रहेका चुन्नुलाई नै जिताउँने सोचमा रहेका छन् । खच्किदौ छबी र पुरानै अनुहार उम्मेदवारका कारण यस क्षेत्रमा एमालेको मत अझ घट्दै जाने सम्भावना छ । यसैगरी, रास्वपाबाट उठेका खरेलको मत डा. कमल भुसालले काट्ने सम्भावना धेरै रहेको छ ।
यस अवस्थमा राप्रपाको पनि साथ पाएका कांग्रेस उम्मेदवार चुन्नु प्रसादलाई जित निकाल्न सहज हुने देखिन्छ ।

आर्थिकन्यूज

