शीर्षकहरू

निर्वाचनमा पेट्रोलियम आपूर्ति सुचारु राख्न निगम कार्यालय र डिपो खुला रहने

निर्वाचनमा पेट्रोलियम आपूर्ति सुचारु राख्न निगम कार्यालय र डिपो खुला रहने

काठमाडौं । सरकारले  प्रतिनिधि सभा निर्वाचनका लागि  फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा घोषणा गरे पनि नेपाल आयल निगमका प्रादेशिक कार्यालय र डिपोरशाखा कार्यालयहरू तोकिएका मितिमा खुला रहने भएका छन् ।

सो हप्तामा अन्य सार्वजनिक विदा समेत पर्न गएकोले, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरण सुनिश्चित गर्न नेपाल आयल निगमका प्रादेशिक कार्यालय र डिपो/शाखा कार्यालयहरू भने तोकिएका मितिहरूमा खुला रहने जानकारी निगमले सार्वजनिक गरेको छ।