शीर्षकहरू

सोपान र याम्बालिङले ल्याउने भए आईपीओ, धितोपत्र बोर्डले दियो स्वीकृति

सोपान र याम्बालिङले ल्याउने भए आईपीओ, धितोपत्र बोर्डले दियो स्वीकृति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ जारी गर्न स्वीकृति दिएको हो।

सोपान फर्मास्युटिकल्सले अंकित मूल्य १ सय रुपैयाँका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। सोपान औषधि उत्पादन तथा बिक्री वितरणमा सक्रिय कम्पनी हो।

त्यस्तै, याम्बालिङ हाइड्रोपावरले अंकित मूल्य १ सय रुपैयाँका दरले २८ लाख कित्ता सेयर निष्कासन गर्नेछ। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ।