शीर्षकहरू

इरानी आक्रमणमा यूएईमा एक नेपालीको मृत्यु

इरानी आक्रमणमा यूएईमा एक नेपालीको मृत्यु

दुबई । इरानको आक्रमणमा परी संयुक्त अरब इमिरेट्स (यूएई)मा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। यूएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल  मार्फत मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।   मृतकमध्ये एक नेपाली, एक बंगलादेशी र एक पाकिस्तानी नागरिक रहेका छन्। 
 
मन्त्रालयले मृतकहरूको पहिचान भने सार्वजनिक गरेको छैन।  आक्रमणमा ५८ जना सामान्य घाइते भएको उल्लेख छ।   नेपालको परराष्ट्र मन्त्रालयले संचारमाध्यममार्फत जानकारी प्राप्त भएको र दूतावासमार्फत वास्तविकता बुझ्न निर्देशन दिइएको बताए।  

अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र यूएईलाई निशाना बनाएको हो। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। तीमध्ये १५२ वटा नष्ट, १३ वटा समुद्रमा खसेका छ। 

 
दोस्रो दिन बिहान मात्रै २० मिसाइल प्रहार, जसमा ८ वटा समुद्रमा खसेका छ।  दुई वटा क्रुज मिसाइल पनि यूएईको प्रतिरक्षा प्रणालीले नष्ट गरेको छ। 
इरानले आक्रमण सुरू भएयता ५४१ वटा ड्रोन हमला गरेको, जसमा ५०६ नष्ट र ३५ देशभित्र खसेर क्षति पुगेको मन्त्रालयले जनाएको छ।  
२१ वटा ड्रोनले सर्वसाधारण संरचनामा प्रहार गरेको उल्लेख छ।