शीर्षकहरू

निर्वाचनको दिन पनि पर्यटन नरोकिने, हवाई यात्रुका लागि विशेष सुविधा

निर्वाचनको दिन पनि पर्यटन नरोकिने, हवाई यात्रुका लागि विशेष सुविधा

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको दिन पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउने विशेष व्यवस्था गरेको जनाएको छ । आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारी साधनलाई विशेष पास आवश्यक नपर्ने व्यवस्था गरेको जनाएको हो।

यस निर्णयले निर्वाचनका दिन पनि नेपाल आउने पर्यटक र उडान यात्रुलाई सहज आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार रहेकाले काठमाडौं उपत्यका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकका लागि यो व्यवस्था महत्वपूर्ण मानिएको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार निर्वाचनका कारण उडान यात्रु र पर्यटकको आवागमन प्रभावित हुने चिन्ता रहँदै आएको अवस्थामा आयोगको यो निर्णयले होटल, ट्राभल एजेन्सी र टुर अपरेटरहरूलाई राहत दिनेछ ।

आयोगले होटल वा घरबाट विमानस्थलसम्म यात्रु ल्याउने सवारी साधनलाई बिना पास सञ्चालन गर्न दिने व्यवस्था गरेको छ, जसले विदेशी पर्यटक, ट्रेकिङ समूह तथा व्यावसायिक यात्रुहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यससँगै अत्यावश्यक सेवा, स्वास्थ्य, सञ्चार तथा आपूर्ति क्षेत्रका सवारी साधनलाई पनि सञ्चालनमा छुट दिइएको आयोगले जनाएको छ, जसले पर्यटन सेवा प्रणालीलाई निरन्तर सञ्चालनमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूले निर्वाचन अवधिमा पनि यात्रु आवागमन सुनिश्चित गर्ने यस्तो व्यवस्था नेपाललाई ‘पर्यटकमैत्री गन्तव्य’को रूपमा सन्देश दिने बताएका छन् ।