तेहरान । इजरायल, अमेरिका र ईरानबीचको युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ। अल-जजीराका अनुसार यस अवधिमा ईरानका करिब १,००० ठेगानामा हमला गरिएको छ। इजरायली सेनाले युद्धको पहिलो ३० घण्टामा मात्र २,००० भन्दा बढी बम खसालिएको जनाएको छ।
फाइटर जेटहरूले ७०० भन्दा बढी उडान भरेका छन्। ईरानले प्रतिकारस्वरूप इजरायलसहित ९ देशमा रहेका अमेरिकी सैन्य बेसमा हमला गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आगामी दिनमा तेहरानमाथि आक्रमण अझ तीव्र हुने बताएका छन्।
आइतबारको ईरानी आक्रमणमा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला नलिएसम्म ईरानमाथि हमला जारी रहने बताएका छन्।
शनिबार सुरु भएको युद्धको पहिलो दिनमै ईरानी सर्वोच्च नेताअयातुल्ला अली खामेनेईको मृत्यु भएको थियो। क्रमणमा ४८ जना ईरानी ‘नेता’ मारिएका छन्। सत्ता सञ्चालनका लागि अस्थायी समिति गठन गरिएको छ, जसमा राष्ट्रपति मसूद पजश्कियान, न्यायपालिका प्रमुख मोहसेनी एजेही, र धर्मगुरु अलीरजा अराफी रहेका छन्।
इजरायल–अमेरिकाले तेहरानसहित १० ठूला शहरमा हमला गर्दा हालसम्म २०० भन्दा बढीको मृत्यु भएको छ। ७४० भन्दा बढी घाइते भएका छन्। एक विद्यालयमा मिसाइल खस्दा मात्र १८० छात्रा मारिएका र ४५ घाइते भएका छन्।
ईरानका विदेश मन्त्री अब्बास अराघचीले एक–दुई दिनमै नयाँ सर्वोच्च नेता चयन हुने बताएका छन्। सरकारी मिडिया ८फार्स८का अनुसार खामेनेईका छोरा मुजतबा खामेनेईलाई सर्वोच्च नेता बनाउन तयारी भइरहेको छ।
२०२४ मा खामेनेईले उनलाई उत्तराधिकारी बनाएको उल्लेख भए पनि आधिकारिक पुष्टि भएको थिएन। रिपोर्टअनुसार २०२४ सेप्टेम्बर २६ मा एक्सपर्ट असेंबलीले गोप्य रूपमा नयाँ सर्वोच्च नेता चयन गरिसकेको थियो।
आर्थिकन्यूज