रियाद । इजरायल–अमेरिका र ईरानबीचको युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ। यसबीच ईरानले साउदी अरबको ठूलो तेल रिफाइनरी रास तनूरामा हमला गरेको छ। यो रिफाइनरी साउदी अरामकोको स्वामित्वमा रहेको हो। Reutersका अनुसार आक्रमणपछि रिफाइनरी बन्द गरिएको छ।
दैनिक क्षमता करिब ५.५ देखि ६ लाख ब्यारेल तेल उत्पादन हुुन्छ । विश्वकै ठूलो अफशोर तेल लोडिङ टर्मिनलमध्ये एक हो। यहाँबाट अमेरिका, एशिया र युरोपका विभिन्न देशमा कच्चा तेल निर्यात हुने गर्छ।
ईरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन्। यो बयान अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयासबारे आएका समाचारको जवाफमा आएको हो। ईरानले आज इजरायलसँगै कतर, बहरीन र संयुक्त अरब इमिरेट्समा पनि आक्रमण पुनः सुरु गरेको छ।
आर्थिकन्यूज