शीर्षकहरू

बसन्तपुरमा होलीको रौनक  [फोटो फिचर]

बसन्तपुरमा होलीको रौनक  [फोटो फिचर]

काठमाडौं ।  बसन्तपुर दरबार क्षेत्रमा आज होलीको रौनक सुरु भएको छ। बिहान सुस्त देखिएको माहोल दिउँसोपछि युवाहरूको बाक्लो उपस्थितिसँगै चहलपहल बढेको छ। युवाहरूको समूह बसन्तपुरमा जम्मा भई रंग र अबिर खेल्दै रमाइलो गरिरहेका छन्।
  
 यहाँ ठूलो संख्यामा मानिसहरू सहभागी हुने गरे पनि यसपालि उत्साह केही कम देखिएको छ। फागुन २१ गते निर्वाचन परेकाले अघिल्ला वर्षजस्तो भीडभाड र रौनक देखिएको छैन।  

प्रशासनले यसपालि ठूलो समूहमा भन्दा घरमै होली मनाउन अनुरोध गरेको छ।  धेरै मानिसहरू चुनावी प्रचारप्रसारमा व्यस्त भएकाले पनि उत्साह घटेको छ।

 nullnullnullnullnullnullnull