तेहरान । इजरायल–अमेरिका र ईरानबीचको युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ। यसबीच ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार साइप्रसमा रहेको ब्रिटिश सैन्य अड्डा अक्रोटिरीमा मध्यरातमा ड्रोन हमला भएको छ।
आक्रमणपछि ब्रिटिश सेना प्रतिकारात्मक कारबाहीमा जुटेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकालाई ईरानी मिसाइल साइटहरूमा हमला गर्न अक्रोटिरी बेस प्रयोग गर्ने अनुमति दिएका थिए।
कुवेतमा अमेरिकी सेनाका धेरै फाइटर जेटहरू दुर्घटनाग्रस्त भएका छन्। जेटहरू आकाशमा घुमिरहेको अवस्थामा केही समयपछि जमिनमा खसेका थिए। दुर्घटनामा कसैको मृत्यु नभएको पुष्टि गरिएको छ।
ईरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन्। यो बयान अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयासबारे आएका समाचारको जवाफमा आएको हो।
आर्थिकन्यूज