शीर्षकहरू

पाकिस्तानको विश्वकप टोलीका खेलाडीहरूलाई ५०–५० लाख रुपैयाँ जरीवाना

पाकिस्तानको विश्वकप टोलीका खेलाडीहरूलाई ५०–५० लाख रुपैयाँ जरीवाना

इस्लामाबाद । टी–२० विश्वकपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड(पसिबी)ले ठूलो कदम उठाएको छ। बोर्डले आफ्ना खेलाडीहरूलाई जरीवाना तिराउने निर्णय गरेको छ।  

द एक्सप्रेस ट्रिब्युनका अनुसार प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ जरीवाना लगाइएको छ।  भारतविरुद्धको खेलमा हारपछि नै यो जरीवाना घोषणा गरिएको थियो।  बोर्ड अधिकारीहरूले स्पष्ट पारेका छन् कि अब खेलाडीहरूलाई आर्थिक लाभ केवल उत्कृष्ट प्रदर्शनको आधारमा मात्र दिइनेछ।  

 पाकिस्तान राष्ट्रिय टोलीका खेलाडीहरूलाई ४ श्रेणीमा तलब दिइन्छ । ए श्रेणी करिब ६५ लाख रुपैयाँ प्रति महिना,बी श्रेणी ४५ लाख रुपैयाँ,सी श्रेणी २० लाख रुपैयाँ र   डी श्रेणी १२.५० लाख रुपैयाँ प्रति महिना तलब पाउने गरेका छन् । 
 
जुलाई २०२५ देखि जुन २०२६ सम्मको पछिल्लो करारमा कुनै पनि खेलाडीलाई ए श्रेणीमा राखिएको थिएन।  जरीवानपछि बी श्रेणीका खेलाडीहरूको करिब एक महिनाको तलब कट्नेछ।   सी र डी श्रेणीका खेलाडीहरूले भने २–३ महिनाको तलब जरीवना दिनुपर्नेछ।