तेहरान । इजरायल–अमेरिका र ईरानबीचको युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ। यसबीच ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको मृत्यु भएको दुई दिनमै उनकी पत्नी मन्सुरे खोझस्तेह बघेरजादेहको पनि निधन भएको छ।
मन्सुरे दुई दिनअघि अमेरिका र इजरायलको आक्रमणमा घाइते भएकी थिइन्। सोही आक्रमणमा खामेनेईको मृत्यु भएको थियो। ईरानी सरकारी मिडियाले उपचारको क्रममा मन्सुरेको निधन भएको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुराना सहयोगी ब्रिटेनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकालाई हिन्द महासागरस्थित डिएगो गार्सिया सैन्य बेस प्रयोग गर्न ढिलो अनुमति दिएका थिए।
अमेरिका युद्धको पहिलो दिनमै यो बेस प्रयोग गर्न चाहन्थ्यो, तर ब्रिटेनले ४८ घण्टापछि मात्र अनुमति दिँदै मिसाइल ठिकाना मात्र निशाना बनाउन सकिने सर्त राखेको थियो।
आर्थिकन्यूज