शीर्षकहरू

इजरायल–अमेरिका र ईरान युद्ध : स्पेनद्वारा अमेरिकी बेस प्रयोग गर्न अस्वीकार

इजरायल–अमेरिका र ईरान युद्ध : स्पेनद्वारा अमेरिकी बेस प्रयोग गर्न अस्वीकार

तेहरान । इजरायल–अमेरिका र ईरानबीचको युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ। यसबीच स्पेनले अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अस्वीकार गरेको छ।

स्पेनका विदेश मन्त्री होसे म्यानुएल अल्बारेसले भने, “स्पेनी बेसहरू यो अपरेशनका लागि प्रयोग गरिँदैनन्, र कुनै पनि यस्तो कारबाहीमा संलग्न हुने छैनन्।” यस निर्णयपछि स्पेनका रोटा र मोरन एयरबेसबाट १५ अमेरिकी विमान फर्किएका छन्।

युद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुराना सहयोगी ब्रिटेनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकालाई हिन्द महासागरस्थित डिएगो गार्सिया सैन्य बेस प्रयोग गर्न ढिलो अनुमति दिएका थिए।