शीर्षकहरू

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला

रियाद । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा मंगलबार बिहान ड्रोन हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्था Reutersले जनाएको छ।  

 साउदी रक्षा मन्त्रालयका अनुसार दुईवटा ड्रोन दूतावास परिसरमा ठोक्किएका थिए। आक्रमणबाट सामान्य आगलागी र भौतिक क्षति भएको पुष्टि गरिएको छ।  

 हमला भएको क्षेत्र विदेशी दूतावासहरू रहेको संवेदनशील इलाका हो।   तीन स्रोतका अनुसार बिहान सबेरै ठूलो विस्फोटको आवाज सुनिएको र दूतावास क्षेत्रमा आगो लागेको देखिएको थियो।  यद्यपि एक स्रोतले आगो सानो स्तरको रहेको बताए। घटनाको ठ्याक्कै परिस्थितिबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।