शीर्षकहरू

प्रभु इन्स्योरेन्सद्वारा ८.७ प्रतिशत बोनस सेयरसहित लाभांश घोषणा

प्रभु इन्स्योरेन्सद्वारा ८.७ प्रतिशत बोनस सेयरसहित लाभांश घोषणा

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ८.७ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण बाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।