काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव पारित गर्दै लाभांशबिनाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक मा पठाउने निर्णय गरेको हो।
राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि कम्पनीले वार्षिक साधारण सभा आह्वान गर्नेछ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र निर्णय कार्यान्वयनमा आउनेछ।
अघिल्लो वर्षहरूको तुलनामा नाफा र सञ्चित कोषको अवस्थालाई मूल्यांकन गर्दै यसपटक लाभांश वितरण नगर्ने निर्णय गरिएको बुझिएको छ। यस निर्णयले नियमित लाभांशको अपेक्षा गरेका सेयरधनीलाई भने निराश बनाएको छ।
आर्थिकन्यूज