शीर्षकहरू

अमेरिकाद्वारा मध्यपूर्वी क्षेत्रमा रहेका आफ्ना नागरिकलाई चाँडो देश छोड्न आग्रह

अमेरिकाद्वारा मध्यपूर्वी क्षेत्रमा रहेका आफ्ना नागरिकलाई चाँडो देश छोड्न आग्रह

एजेन्सी । अमेरिकाले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनाव तथा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै त्यहाँ रहेका आफ्ना नागरिकलाई सबैभन्दा चाँडो उपलब्ध तरिकाबाट उक्त क्षेत्र छोड्न आग्रह गरेको छ।

अमेरिकी विदेश विभागले जारी गरेको सुरक्षा सर्तावार्ता अनुसार बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेष्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनलगायत दर्जनौँ देशमा रहेका अमेरिकीहरूलाई तत्कालै बाहिरिन भनिएको छ। 

विदेश विभागले ती देशहरूमा अहिले “गम्भीर सुरक्षा जोखिम” रहेकाले नागरिकहरूले वाणिज्यिक उडान वा उपलब्ध सबै उपायमार्फत यथासक्दो चाँडो क्षेत्र छोड्नुपर्ने चेतावनीसमेत जारी गरेको छ। 

यो चेतावनी पछिल्लो समय जारी क्षेत्रीय संकटसँग सम्बन्धित हो, जहाँ अमेरिकाले र इजरायलले इरानमाथि जारी आक्रमणको क्रममा तनाव तीव्र भएपछि स्थिती अझ जटिल बनेको छ। प्रारम्भिक चरणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको र त्यस प्रतिवादमा इरानले पनि क्षेत्रीय लक्ष्यमा आक्रमण जारी राखेको बताइएको छ। 

त्यसैगरी, केही स्थानमा अमेरिकाको दूतावासहरूमा ड्रोन आक्रमणसमेत भएको छ, जसले सुरक्षा स्थिति अझ अस्थिर बनाएको अधिकारीहरूले बताएका छन्। यसबीच, केही देशका विमानस्थल र उडानहरूमा अवरोध आएपछि मानिसहरूलाई निकाल्नमा गाह्रो भएको समाचार पनि आएका छन्, तर अमेरिकी सरकारले आफ्ना नागरिकलाई सुरक्षित बाहिरिन सबै उपाय अपनाउन सल्लाह दिएको छ।