काठमाडौं । नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ । सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो ।
आज बिहान ८ः४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र३–००१ब ९४५ को स्कुटरलाई ठक्कर दिएको थियो ।
उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८ः५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक कोइराला भक्तपुरस्थीत क्षयरोग केन्द्रका नासु हुन् ।
ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।
आर्थिकन्यूज