शीर्षकहरू

फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ ।

अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ ।

भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।

त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् ।

तथ्याङ्कअनुसार जर्मनीबाट ५ हजार ६१८ जना, श्रीलंकाबाट ६ हजार ०३५ जना, बेलायतबाट ४ हजार १२६, अष्ट्रेलियाबाट ३ हजार ६३८ जना, थाइल्याण्डबाट ३ हजार २१२ जना, बंगलादेशबाट २ हजार ८५० जना, चीनबाट ९ हजार ७१० जना र संयुक्त राज्य अमेरिकाबाट १० हजार ८१६ जना नेपाल आएका छन् ।

क्षेत्रगत वितरण अनुसार क्षेत्रगत आधारमा हेर्दा दक्षिण एशिया (सार्क राष्ट्रहरू)बाट सबैभन्दा बढी ३५ हजार ३४८ (३३.५ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

त्यसपछि अन्य एसियाली मुलुकहरूबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत ), ओसेनियाबाट ७ हजार ९५५ (७.५%), मध्यपूर्वबाट १ हजार ६८० (१.६ प्रतिशत ), अफ्रिकाबाट ९४९ (०.९ प्रतिशत) र अमेरिकाबाट ३४४ (०.३ प्रतिशत ) पर्यटक आगमन भएको उल्लेख छ ।

पर्यटन क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट उच्च संख्यामा आगमन रहनुले नेपालका धार्मिक, साहसिक तथा प्राकृतिक गन्तव्यप्रति आकर्षण बढिरहेको संकेत गर्दछ ।

null