शीर्षकहरू

रास्वपा उम्मेदवार शाहको उम्मेदवारी खारेज, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि

रास्वपा उम्मेदवार शाहको उम्मेदवारी खारेज, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरिदिएको हो ।

धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका शाहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी खारेज गरिएको आयोगले जानकारी दिएको छ । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनी हुन् ।  उनी २०८० वैशाख १७ गतेदेखि कालोसूचीमा रहेको खुलेको छ ।