काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर हालै सूचीकृत भएको छ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस सेयर सूचीकृत भएका हुन्।
घोराही सिमेन्ट इन्डस्ट्रीले वितरण गरेको १० प्रतिशत बोनस सेयर ४५ लाख ६७ हजार ६८५.७० कित्ता सूचीकृत भएको छ।
त्यसैगरी, हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनस सेयर २ लाख १२ हजार ६७९.०५६६ कित्ता सूचीकृत भएको छ।
नेप्सेका अनुसार, डिम्याट खातामा शेयर जम्मा भएपछि शेयरधनीहरूले सहजै आफ्नो बोनस सेयर खरिदबिक्री गर्न सक्नेछन्।
आर्थिकन्यूज