शीर्षकहरू

निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदामा पनि केही बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदामा पनि केही बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा अवधिमा समेत निश्चित बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगको अनुरोध र सरकारको निर्णयअनुसार प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई ध्यानमा राख्दै वित्तीय सेवा निरन्तर सञ्चालन गर्न यस्तो निर्देशन दिइएको हो।

निर्वाचनका लागि मिति २०८२ फागुन २१ गते हुने मतदानका दिन बाहेक फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिएको छ। साथै फागुन १८ र १९ गते होली पर्व (फागु पूर्णिमा) का अवसरमा पनि सार्वजनिक बिदा रहने भएकाले ती अवधिमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन जारी गरिएको हो।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिला सेवा सञ्चालन गर्नुपर्नेछ।

त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि खाता सञ्चालन गरेका बैंक तथा वित्तीय संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानीसम्बन्धी बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।