नयाँ दिल्ली । पश्चिम एशियामा बढ्दो तनाव र ईरान–इजरायल युद्धबीच भारतसँग अहिले २५ दिनको मात्र कच्चा तेल र रिफाइन्ड तेलको भण्डारण बाँकी रहेको सरकारी स्रोतहरूले बताएका छन्। ANI समाचार एजेन्सीका अनुसार यो तथ्याङ्क भारतको ऊर्जा सुरक्षासम्बन्धी अद्यावधिक हो।
पेट्रोल–डिजेलको मूल्य तत्काल बढाइने छैन। तर तेल आपूर्ति संकट गहिरिँदै गए मूल्यमा असर पर्न सक्ने अनुमान गरिएको छ। ईरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको छ।
ईरानी सेनाले चेतावनी दिँदै भनेको छ, “यदि कुनै जहाज यो मार्ग प्रयोग गर्छ भने त्यसलाई आगो लगाइनेछ।” ओमान र ईरानबीचको यो समुद्री मार्गलाई विश्व तेल व्यापारका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ।
होर्मुज रुट बन्द हुँदा भारतसहित एशियाली देशहरूमा तेल आपूर्ति गम्भीर रूपमा प्रभावित हुने अनुमान गरिएको छ। ग्लोबल बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुग्न सक्ने सम्भावना छ । हाल Brent Crudeको मूल्य करिब ५.५८५ बढेर ८०.४१ डलर प्रति ब्यारेल पुगेको छ।
आर्थिकन्यूज